बालअधिकार सम्बन्धि नयाँ परियोजना

बालअधिकार सम्बन्धि नयाँ परियोजना

सुर्खेत : बालबालिका केन्द्रित कर्णाली प्रदेशमा कार्यरत संस्थाहरुको नेटवर्क बालअधिकारका लागि साझा अभियान कर्णाली प्रदेशले नयाँ परियोजना कार्यान्वयनमा ल्याएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा अभियानले SIDA CSO Strengthening परियोजना सञ्चालनमा ल्याएको हो । उक्त परियोजना कर्णाली प्रदेशमा ५ वर्षको लागि संचालन हुनेछ । सरोकारवालाहरुबिच एक परिचयात्मक कार्यक्रम गरी परियोजनाको शुभारम्भ गरिएको छ ।

कर्णाली प्रदेशमा रहेर बाल अधिकारको सुनिश्चतताका लागि वकालत, पैरवी र क्षमता विकासमा कार्य गदै आएको उक्त अभियानमा हाल कर्णाली प्रदेशमा कार्यरत २२ वटा संस्थाको प्रतिनिधित्व रहेको छ । सवै सदस्य संस्थाहरुले बाल अधिकारको क्षेत्रमा काम गर्ने, बाल अधिकारको प्रर्वद्धन र विकासका लागि आ–आफ्नो क्षेत्रमा योगदान दिने र तिनै तहका सरकारहरुसंग मिलेर सहकार्य, समन्वय र खवरदारीका क्रियाकलापहरु गरिरहेको संस्थाका अध्यक्ष टीकाराम आचार्यले बताए ।

बालबालिकाको सर्वाेतम् हितमा ध्यानमा राखी कार्य गर्न नागरिक समाज संगठन, सञ्जाल, आदीमा संस्थागत क्षमता विकास, चिल्ड्रेन एजेन्सी, बाल अधिकार र सिभिक स्पेसलाई आधार माथी अगष्ट २०२२ देखि डिसेम्वर २०२६ सम्म संचालन हुने यस कार्यक्रमले बालबालिकाको सवालहरुलाई सम्बोधान गर्न, बाल नेतृत्वमा सवालगत आवाज उठाउने, नेतृत्व गर्ने, क्षमता विकास गर्ने र रिपोटिङ्ग गर्ने गरि नागरिक समाज संगठन र सञ्जालहरुको क्षमता विकास, प्रदेश तथा स्थानीय तहमा कार्यगर्ने स्थान सिर्जनाको लागि यस परियोजनाले कार्य गर्ने संस्थाका कार्यक्रम संयोजक टेकराज आचार्यले बताए ।

परियोजनाले संस्थागत क्षमता विकासका लागि विभिन्न टुलमार्फत संस्थाको क्षमताको लेखाजोखा गर्ने, प्राप्त भएका कमीकमजोरीमा क्षमता विकास गर्ने योजना निर्माण गर्ने र कार्यान्वय गरि सक्षम नागरिक समाज संगठन सिर्जना गर्ने कुरा महत्वपुर्ण रहेको र ४ वटा लक्षित क्षेत्रमा नेपालभरबाट १४ वटा साझेदार संस्थाहरु मार्फत कार्यक्रम संचालन हुने उपाध्यक्ष संस्था किर्डाक नेपालको निर्देशक गौतमराज अधिकारीले बताए । परियोजनाको सन् २०२२ अगष्ट देखि डिसेम्वर २०२२ को सम्झौता बजेट १९ लाख ९४ हजार सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया