मिचाहालाई थप मोटाउन दिन्‍नौँ : मेयर शाह

मिचाहालाई थप मोटाउन दिन्‍नौँ :  मेयर शाह

काठमाडौँ :  काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कानुन मिच्ने मिचाहा वर्गलाई मोटाइ रहन नदिने चेतावनी दिएका छन् । आइतबार विज्ञप्ति जारी गर्दै प्रमुख शाहले कानुन मिची रहनेलाई मोटाउन नदिने चेतावनी दिएका हुन् ।

सरकारी जग्गा अतिक्रमण गरी निर्माण भएका तथा नक्सा स्वीकृति बेसमेन्टलाई पार्किङको प्रयोजन देखाएर अन्य व्यापारिक प्रयोजनमा प्रयोगमा ल्याइनु गैरकानुनी हुनेसमेत बताएका छन् ।

आवश्यकता र औचित्यको आधारमा उचित समयमा नै कार्यकारिणी शक्तिको प्रयोग भएमा विधिको शासन स्थापित हुन्छ भन्नेमा हामी विश्वस्त छौं, शाहले विज्ञप्तिमा भनेका छन्, सकेसम्म मिचाहा प्रवृतिको रोकथाम गर्ने, रोकथाम नभए नियन्त्रण गर्ने र अन्ततः न्यायिक निरुपण गरी मिचाहालाई दण्डित पनि गर्ने विकल्प हामीसँग खुला छन् ।

अनाधिकृत निर्माण, अतिक्रमण तथा भवनको प्रयोजन परिवर्तन सम्बन्धी गैरकानूनी कार्यको थप निरन्तरता रोक्न अहिले महानगर रोकथाम तथा नियन्त्रण सम्बन्धी कारबाहीको चरणमा रहेको छ ।

पछिल्लो केही दिनयता महानगरले अनाधिकृत रुपमा बनाइएको संरचनालाई भत्काउन थालेको छ ।

प्रतिक्रिया