मेगासीटीको निर्माण तिब्र
अर्जुन शाही
दैलेख, भदौ २९ । दैलेखको राकमकर्णाली मेगासीटीको निर्माण तिब्रगतिमा अगाढी बढेको छ । चालु आर्थिक वर्ष २०७३÷७४ यो मेगासीटीका लागि ६ करोड ६८ लाख रुपैयाँ विनियोजन गरिएको नयाँ सहरी विकास आयोजना राकमकर्णालीका आयोजना प्रमुख सञ्जीवकुमार साहले जानकारी दिए ।
चालु आर्थिक वर्षमा कुमलखाडा सिगौडी सडक निर्माणका लागि १ करोड, राकमकर्णली ईलाका प्रसासनदेखि वाम्ती वगरसम्म सडक विस्तारका लागि १ करोड, सार्वजनिक जग्गा संरक्षणका लागि ५ लाख, तरकारी फलफुल संकलन केन्द्र निर्माणका लागि १ करोड, सडक स्तरउन्नतीका लागि १ करोड र पार्क निर्माणका लागि ८० लाख रुपैयाँ विनियोजन गरिएको आयोजनाले जनाएको छ । सार्वजनिक क्षेत्र घेरवारका लगायत कामका लागि पनि बजेट विनियोजित गरीएको आयोजना प्रमुख साहले वताए ।
कर्णाली नदीको किनारामा रहेको सुन्दर फाँटमा शहर निर्माण तिब्र गतिमा अगाढी बढेपछि यस क्षेत्रका वासिन्दा उत्साहित भएका छन् । सरकारको मध्ये पहाडी राजमार्गमा १० वटा मेगासीटी बनाउने योजनाअनुसार राकमकर्णालीमा मेगासीटी बनाउन लागिएको हो । दैलेख जिल्लाकै रमणीय क्षेत्र मध्येको एक राकमकर्णाली मेगासीटीमा विकास हुन लागेको हो । मेगासीटी निर्माणमा स्थानीय खुसी भए पनि केही समस्या पनि रहेको आयोजनाले बताएको छ । खासगरी व्यक्तिगत जग्गाले समस्या भएको आयोजना प्रमुख साहले बताए । उनले पुर्वाधार निर्माणका लागि जग्गा धनीहरुसंग छलफल जारीरहेको जानकारी दिए । व्यवस्थित सहर निमार्णका लागि एकिकृत जग्गा विकासको कार्यक्रम पनि अगाडि वढाउन लागिएको उनले बताए ।
नेपाल सरकारले निर्माण गर्न लागेको १० वटा शहरमध्ये मध्यपश्चिम विकास क्षेत्रमा २ वटा सहर पर्दछन् । रुकुमको चौरजहारी र दैलेखको राकमकर्णालीमा आयोजना लागु भएको छ । ठुला सहर वजारमा अत्यधिक जनघनत्व वृद्धि भईरहेकाले ग्रामिण भेगमा रहेका समुदायलाई सम्पुर्ण सरकारी सेवा सुविधा पुयाउने र कम्तीमा १ लाख जनसंख्या वसाल्ने योजनाका साथ मेघा सिटी निमार्ण गर्न लागेको हो ।
प्रतिक्रिया