कक्षा १२ को नतिजा सार्वजनिक हुँदै

कक्षा १२ को नतिजा सार्वजनिक हुँदै

काठमाडौंः कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ । त्यसका लागि आज बेलुकी परीक्षा बोर्डको बैठक डाकिएको छ ।परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार आज बेलुकी बोर्डको बैठक बोलाइएको छ । शर्माले अन्नपूर्णसँग भने,‘बोर्डको बैठक बोलाइएको छ । बैठकले जे भन्छ त्यहि निर्णय हुन्छ। ’ बोर्डले सबै संकायको नतिजा सार्वजनिक गर्नेछ । परीक्षामा झण्डै चार लाख १० हजार परीक्षार्थी सहभागी थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

प्रतिक्रिया