कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते सञ्चानलन गर्ने भएको छ । शुक्रबार भक्तपुरमा आयोजित कक्षा १२ को नतिजा प्रकाशन कार्यक्रममा बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले असोज अन्तिममा ग्रेडवृद्धि परीक्षा लिइने बताए ।

उनका अनुसार गत जेठ १६ देखि २५ गते लिइएको १२ कक्षाको परीक्षामा ४१७९ परीक्षार्थीले ३.६१ देखि ४ जीपीए ल्याएका छन् भने ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थी ३०१०७ रहेका छन् । यस्तै शुक्रबार प्रकाशित नतिजा अनुसार ननग्रेडेड परीक्षार्थीको संख्या भने १८८४१० रहेको छ । दुई विषयमा ननग्रेडिङ (एनजी) आउने परीक्षार्थीले असोजको अन्तिममा हुने परीक्षामा सहभागी हुन पाउने छन् ।

May be an image of text that says 'GradeGroup GPA 3.61 to 4.0 GPA 3.21 to 3.60 GPA 2.81 to 3.20 GPA 2.41 to 2.80 GPA 2.01 to 2.40 GPA 1.61 to 2.0 GPA 1.21 to 1.60 TOTAL 4,179 30,107 65,284 64,093 10,900 35 0 NG 188410 TOTAL 363,008'

प्रतिक्रिया