म प्रचण्डको चाकरी गर्ने नभई आलोचक हुँ : शर्मा

म प्रचण्डको चाकरी गर्ने नभई आलोचक हुँ : शर्मा

फाइल तस्बीर

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले आफु प्रचण्डको चाकरी गर्ने नभई आलोचक भएको बताएका छन् ।

काठमाडौंमा आयोजित अनेरास्ववियु क्रान्तिकारीको फोर्स घोषणा कार्यक्रममा बोल्दै नेता शर्माले पार्टी नेतृत्वको रक्षा गर्न नेतृत्वको चाकरी गर्ने भन्दा आलोचना गर्नु पर्छ भन्दै नेता शर्माले आफु प्रचण्डको जति आलोचक भए पनि अप्ठ्यारो पर्दा सबैभन्दा बढि आफुले प्रचण्डको संरक्षण गरेको बताए ।

कार्यक्रममा नेता शर्माले विद्यार्थीहरुलाई निर्देशन दिदै भने,‘तपाईहरु पनि अध्यक्ष पञ्चा सिंङको चाकरी नगर्नु होला गल्ती गर्दा आलोचना गर्ने हिक्मत राख्नु होला,।’ शर्माले यसो भनिरहदा विद्यार्थीले ताली बजाएर हुटिङ गरेका थिए ।

शर्माले आफू उपमहासचिव नभई संगठन विभाग प्रमुखको हैसियतमा बोल्न उभिएको भन्दै सुरुदेखि नै प्रचण्डसँगको असन्तुष्टि पोखेका थिए । आफू निकट अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहविरुद्ध समानान्तर कमिटी बनाएको पवन कार्की समूहलाई पार्टीले नरम नीति लिएकोमा समेत उनले असन्तुष्टि पोख्दै नीति र नेतृत्व सही हुनुपर्ने बताए ।

जनार्दनपछि बोल्न उभिएका प्रचण्डले आफ्नो भनाइ सक्ने क्रममा हल्का आक्रोशित मुद्रामा जवाफ दिँदै जनार्दनलाई हुर्काउन र रक्षा गर्न आफ्नो मुख्य भूमिका रहेको बताए ।

प्रतिक्रिया