रुकुम पश्चिम र हुम्ला प्रदेश छनौट फुटबलमा बराबरी

रुकुम पश्चिम र हुम्ला प्रदेश छनौट फुटबलमा बराबरी

रुकुमपश्चिम :  प्रदेश छनौट अन्तरगत रुकुम पश्चिमले आफ्नो दोस्रो तथा अन्तिम खेलमा हुम्लासंग बराबरी खेलेको छ । आज भएको खेलमा निर्धारित ९० मिनेट र अतिरिक्त समयमा दुवै टिमबाट गोल हुन नसेपछि खेल बराबरीमा सकिएको हो ।

रुकुम पश्चिमले पहिलो खेलमा मंगलबार आयोजक सुर्खेतसंग १–० को झिनो हार व्यहोरेको थियो । आज दोस्रो खेलमा पनि रुकुम पश्चिमले राम्रो खेल प्रदर्शन गर्न सफल भयो । एकमा हार र एकमा बराबरीसंगै रुकुम पश्चिमले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत कर्णाली प्रदेशको छनौट सकाएको छ ।

यो पटक जिल्लाले समग्रमा राम्रो खेल प्रदर्शन गरेको छ । गत संस्करणको विजेता सुर्खेतसंग र उपविजेता हुम्लासंग रुकुमले सुधारिएको खेल प्रदर्शन गरेको हो ।

 

प्रतिक्रिया