सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सुरु
![सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/Satta-Gathabandhan-Baithak_PnLeoYjGpn_8tn7urmjqrpxavmkva7amjm9qydgf5mixxr5u2enwvxxtvnsc4quzo11fsbj.jpg)
काठमाडौँ : सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ८ः ३० बजेपछि बैठक सुरु भएको हो । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमका विषयमा मुख्य छलफल भइरहेको बैठकमा सहभागी एक नेताले बताए ।
संसद्का दुवै सदनले दोस्रो पटक पारित गरी पठाएको विधेयक पनि प्रमाणीकरण गर्न राष्ट्रपति भण्डारीले अस्वीकार गरेपछि सत्ता गठबन्धन रणनीतिक छलफलमा जुटेको छ ।
उनले भने, राष्ट्रपतिको भूमिकाको गम्भीर समीक्षा हुँदैछ । बैठक एउटा निष्कर्षमा पुग्छ ।
प्रतिक्रिया