कोइराला पक्षको केन्द्रीय कार्यालयमा धर्ना दिने निर्णय
काठमाडौँ : नेपाली कांग्रेसको शेखर कोइराला समूहले पार्टी कार्यालय सानेपामा धर्ना गर्ने निर्णय गरेको छ । सोमबार विहान ठमेलमा बसेको कोइराला पक्षको बैठकले असोज १२ गते केन्द्रीय कार्यालय सानेपामा धर्ना गर्ने निर्णय गरेको हो ।
कोइराला पक्षका नेता डिल्लीराम सुवेदीका अनुसार असोज १४ गतेसम्म समानुपातिक बन्दसूची सच्याउन आग्रह गरेको छ । आजको बैठकमा उपसभापति धनराज गुरुङको विरोध भएको थियो ।
सभापति शेरबहादुर देउवाप्रति नरम देखिएको भन्दै गुरुङको आलोचना भएको थियो । बैठकमा केन्द्रीय सदस्यहरु प्रतिमा गौतम, मधु आचार्य, अजयबाबु सिवाकोटी, प्रकाश स्नेही सहभागी छन् ।
यस्तै नेताहरु गुरु घिमिरे, भुपेन्द्रजंग शाही, चितवनका पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ, धादिङ जिल्ला सभापति रामनाथ अधिकारी, बाग्मती प्रदेश कार्यसमितिका पदाधिकारी लगायत सहभागी छन् ।
प्रतिक्रिया