उचित समयमा बोल्ने नै छु : रावल

उचित समयमा बोल्ने नै छु : रावल

काठमाडौँ :  नेकपा एमालेका नेता डा भीम रावलले उचित समयमा बोल्ने बताएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा पार्टीले टिकट नदिएपछि असन्तुष्ट रहेका नेता रावलले सोमबार सामाजिक सञ्जालमा लेख्दै आफूलाई उम्मेदवार नबनाए पनि ठिक छ भनेको भनी प्रचार गर्नु कुनियत भएको बताएका हुन् ।

उनले लेखेका छन्, मेरो नाम क्षेत्र, जिल्ला र प्रदेशबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रूपमा सर्वसम्मत एकल पठाइँदा पनि केन्द्रबाट अन्यायपूर्ण किसिमले हटाइएको विषयमा मैले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

मलाई उम्मेदवार नबनाए पनि ठिक छ भनेको भनी प्रचार गर्नु कुनियत हो। उचित समयमा बोल्ने नै छु। नेता रावलको प्रदेशबाट एकल नाम पठाएपनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनलाई टिकट दिएनन् ।

 

प्रतिक्रिया