जाजरकोटमा बस्नेतविरुद्ध एमालेका युवा नेता आचार्य मैदानमा
![जाजरकोटमा बस्नेतविरुद्ध एमालेका युवा नेता आचार्य मैदानमा](https://snowberry.prixacdn.net/media/gallery_folder/shakti-basnet_txsIwX7lX9_nfojhodbw7hi1xhuyzzjjmkshjfjc2uvtybctymbxkznrc0a7uf6n1eiujqh.jpg)
फाइल तस्बीर
जाजरकोट : प्रतिनिधिसभातर्फ एक निर्वाचन क्षेत्र रहेको जाजरकोटमा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका पूर्वमन्त्री शक्तिबहादुर बस्नेत उम्मेदवार बनेका छन् ।
उनी अघिल्लो निर्वाचनमा यसै निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए । उनीसँगको प्रतिस्पर्धामा एमालेले युवा नेता निरज प्रसाद आचार्यलाई मैदानमा उतारेको छ । आचार्य पहिलो पटक प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन् ।
जाजरकोटमा राप्रपा नेपालले दिपक खनाल, नेपाली कांग्रेस (बीपी) ले झलकनाथ वाग्ले, राष्ट्रिय स्वतन्त्र पार्टीले राजबहादुर शाही र स्वतन्त्र उम्मेदवार नरबहादुर कार्की चुनावी मैदानमा छन् ।
प्रतिक्रिया