एकैदिन ११११ मा डेंगु संक्रमण

एकैदिन ११११ मा डेंगु संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा थप एक हजार १११ जनामा डेंगु संक्रमण देखिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै संक्रमितको संख्या ४० हजार २९ पुगेको छ।

शनिबार ३८ हजार ९१८ संक्रमित पुगेका थिए। हालसम्म डेंगु संक्रमणबाट ४८ जनाको मृत्यु भएको छ।मन्त्रालयले डेंगुबाट बच्न फोहर जम्मा भएको ठाउँ सफा गर्न र पूरा बाहुला भएको कपडा लगाउन अनुरोध गरेको छ।  विज्ञहरूले डेंगु जोखिम कायम रहेको भन्दै सचेत रहन आग्रह गरेका छन्।

प्रतिक्रिया