श्रम राज्य मन्त्रीलाई साउदी अरबबाट पत्र-८ लाख नेपाली तपाईँको साथमा छौ

श्रम राज्य मन्त्रीलाई साउदी अरबबाट पत्र-८ लाख नेपाली तपाईँको साथमा छौ

टेक बहादुर गुरुङ ज्यु अभिवादन।
वैदेशिक रोजगार सम्बन्धी तपाईँले ल्याउनु भएको जुन नीति छ त्यसले सफलता पाओस्, साउदी अरबको ५० डिग्री गर्मीमा काम गर्ने हामी ८ लाख नेपालीको तर्फ बाट सफलताको शुभकामना दिँदै तपाईँले बनाउनु भएको नीति लागुहोस्। गरिब जनताका छोरा छोरीले राहत महसुस गरून् भन्दै ८ लाख नेपालीको तर्फबाट तपाइलाई यो पत्र लेख्दैछु।
नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयबाट २०७२ साल असार २१ गतेबाट मलेसिया लगायत खाडीका ६ मुलुकमा फ्रि भिसा फ्रि टिकट लागू गर्न खोज्नु भएको छ। यो तपाईँको कदम स्वागतयोग्य छ। आज देशमा तपाईँको बिरोध गर्दै जुन क्रियाकलाप आन्दोलनरत म्यानपावरले गरिरहेका छन्, नेपाल सरकार र तपाईँको साथमा साउदी अरबमा रहने ८ लाख नेपालीहरुले उक्त निर्णयको स्वागत गरेका छन्।
कुनै पनि हालतमा यो निर्णय लागू हुनुपर्छ, सरकारले तोकेको प्रति ब्यक्तिबाट लिने जुन दस्तुर छ २० हजार, त्यो भन्दा बढी लिनेलाई कडा कारबाही हुनुपर्छ
साउदी अरब आएका कामदारलाई आजसम्म कुनै पनि म्यानपावरले एग्रिमेन्ट अनुसारको काम ,दाम ,खान ,बस्न ,दुःख, बिराम, औषधि उपचार के कस्तो छ भनेर सोधेको छैन, ७ /८ महिना सम्म तलब नदिने कम्पनी पनि छन्, ३ वर्ष काम गरेर आफ्नो करार अबधि सकेर नेपाल जान्छुभन्दा १० हजार साउदी रियल तिरेर जा भन्ने पनि कम्पनी पनि छन्।
नेपालमा कस्टकर ब्याजमा ऋण लिएर साउदी अरब आएका नेपालीहरूले समयमा तलब नपाउँदा ३ वर्षसम्म ऋण तिर्न लाग्छ, अरबी भाषा नजान्दा विभिन्न बहाना गरि सानों तिनो गल्तीलाई ठूलो इस्सु बनाएर फसाइन्छ, काम ,गर्मी, ऋण ,कम्पनीको अनैतिक ब्यबहारले गर्दा अकालमा मान्छेको ज्यान जाने गरेको छ। आन्दोलन गरेर आज म्यानपावर कम्पनीहरूले सडक गल्ली तताएर काम बन्द गरि गरि दुखी जनतालाई सास्ती दिइरहेका छन्।
तत्काल आन्दोलन बन्द गरी श्रम मन्त्रालयले गरेको फ्रि भिसा ,फ्रि टिकट्लाई स्वागत गरि आन्दोलन बन्द गर्नुहोस्। अरु देशको हालत कस्तो छ मलाई थाहा छैन तर साउदीमा नेपालीहरुको अत्यन्त बिजोक छ। कमाउने ,जमाउने ,घरको दुःख भगाउने राम्रो लाउने मिठो खाने सपना सबै चकनाचुर छ।
दैनिक १७/१८ घण्टा काम गर्दा पनि मनमा आनन्द छैन यस्तो अबस्थामा नेपाल सरकारले बैदेशिक रोजगार सम्बन्धी जुन नीति ल्याएको छ साउदीमा कार्यरत ८ लाख नेपालीले आउँदा दिनमा राहत मिल्ने आशा गरेका छौ।
नेपाल सरकारले गरेको जुन निर्णय हामी बिदेशमा बस्ने नेपाली कामदारहरुको हितमा छ त्यसैले यो निर्णयलाई हामीले स्वागत गरेका छौं।
नेपाल सरकार र श्रम मन्त्रालयलाई हाम्रो अर्को अनुरोध छ- साउदी अरबमा नेपाल सरकारले छानबिन गरेर कम्पनीले तड्पाएर राखेका नेपालीलाई छानी छानी नेपाल झिकाइयोस्।
जेलमा बसेका ,कम्पनीले दुःख दिएर अवैधानिक रूपमा काम गर्नेलाई पनि तत्काल नीति बनाएर उद्दार गरियोस्, खराब कम्पनीमा कुनै हालतमा नेपालीहरू नआउन्।

बिचारी बुढाथोकी, साउदी अरब

यो समचार सेतोपाटीवाट साभार गरिएको हो ।

प्रतिक्रिया