नेकपा सल्यानको मंसिर ४ मा हुने निर्वाचनलाई बहिस्कार गर्ने तयारी
![नेकपा सल्यानको मंसिर ४ मा हुने निर्वाचनलाई बहिस्कार गर्ने तयारी](https://snowberry.prixacdn.net/media/gallery_folder/slyn-n_DW9iMDB2nR_1in4kvngalpivapvb3bbrx4vijqxdstwk9ric8uvzshaml6xruezy5jtvmaa.jpg)
सल्यान : मंसिर ४ मा हुने निर्वाचनलाइ बहिस्कार गर्ने भन्दै विप्लव नेतृत्वको नेकपा सल्यानले पत्रकार सम्मेलन मार्फत आफ्नो तयारी सार्वजनिक गरेको छ । शनिबार खलंगामा पत्रकार सम्मेलन गर्दै नेकपा सल्यानले आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाइ शान्तिपुर्ण ढंगले बहिस्कार गर्ने निति लिएको जनाएको हो ।
जसका लागि जिल्लाभर चुनाव बहिस्कार सम्बन्धिको प्रचारप्रसार गर्ने नेकपा सल्यानका सेक्रेटरी मदन सींले जानकारी दिए । अहिलेको संसदीय व्यवस्थाले जनतालाइ कुनैपनि निकास दिदैन्, त्यसैले यो चुनावमा मतदान नगर्न हामी सम्पुर्ण सल्यानी जनताहरुलाइ आग्रह गर्छौ उनले भने ।
निर्वाचन बहिस्कारको लागि कुनै कडा संघर्षको कार्यक्रमहरु बम पट्काउने, बुथ कब्जा गर्ने कार्यक्रमहरु भने आफ्नो नरहेको उनको भनाइ छ ।
पत्रकार सम्मेलनमा नेकपाका केन्द्रीय प्रतिनिधि सदस्य भिम सीं र युवा संघका केन्द्रीय सदस्य प्रकाश सींको उपस्थिति रहेको थियो । सम्मेलनमा नेकपा सल्यानको हालै सम्पन्न तेस्रो जिल्ला कमिटी बैठकका निर्णयहरु सार्वजनिक गरिएको थियो ।
प्रतिक्रिया