आज कोरोनामुक्त हुने भन्दा नयाँ संक्रमितको संख्या धेरै

आज कोरोनामुक्त हुने भन्दा नयाँ संक्रमितको संख्या धेरै

काठमाडौँ : आज कोरोनामुक्त हुने भन्दा नयाँ संक्रमितको संख्या धेरै बढी देखिएको छ।

पछिल्लो २४ घण्टामा २८ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरणअनुसार पीसीआरबाट २६ र एन्टिजेनबाट २ जनामा कोरोना पुष्टि भएको छ।

२४ घण्टामा १२१९ पीसीआर र ६६० एन्टिजेन गरी ८१७९ कोरोना परीक्षण भएको छ । १८ जना कोरोनामुक्त हुँदा कसैको मृत्यु भएको छैन।

अहिले सक्रिय संक्रमितको संख्या ५७० रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 

प्रतिक्रिया