ओलीले जस्तो संसद विघटन गर्दैनौँ : देउवा

ओलीले जस्तो संसद विघटन गर्दैनौँ  : देउवा

सुर्खेत :  प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा नदिएको अधिकार प्रयोग गरेर दुई पटक संसद विघटन गरेको आरोप लगाएका छन् ।

मंगलबार पाँचदलीय गठबन्धनले सुर्खेतको मेहेलकुनामा आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संसदमा संविधानको रक्षा र गणतन्त्रको संस्थागत हितका लागि गठबन्धनले जित्न आवश्यक रहेको बताए।

‘ओलीले संसदलाई अंगभंग गर्न खोजे’ उनले भने, ‘जनतालाई हामी के विश्वास दिलाउन चाहन्छौं भने हामीले कुनै पनि हालतमा संसद भंग गर्दैनौं । संसदलाई पूर्ण कार्यकाल राख्छौं।’

छोटो समय बोलेका देउवाले गठबन्धन निर्माणमा महत्वपूर्ण भूमिका खेलेका पूणर्बहादुर खड्का र गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे।

साथै देउवाले गठबन्धन १० देखि १५ वर्षसम्म कायम रहने बताएका छन्। उनले त्यसका लागि कसैले शंका नगरेर गठबन्धनलाई विजयी गराउन आग्रह पनि गरे।

 

प्रतिक्रिया