दैलेखमा मनाईयो फुलपाती

दैलेखमा मनाईयो फुलपाती

एच.एस.थापा
दैलेख, असोज २२ – आश्विन शुक्ल सप्तमीका अवसरमा मंगलवार दैलेखको चारखम्वा चौकमा भब्य रुपमा पुजाआजा गरी फूलपाती भि¥याईयो । दसैँको पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवम् दशमी तिथिको विशेष महत्व हुने शास्त्रीय मान्यतानुसार फूलपातीको आफ्नै विशिष्ट महत्व रहेको र दसैँका लागि पूजा सामग्री स्वरूप फूलपाती भि¥याउने कार्य गरिने जनाईएको छ । Phulpati (1) DSC06151 DSC06148
जिल्ला प्रशासन कार्यालयका लेखापाल सन्तोष ज्ञवालीले विशेष पुजाआजा गरी फुलपाती भि¥याईएको हो । फुलपातीमा नेपाली सेना र नेपाल प्रहरीले विशेष सलामी समेत दिएका थिए । पुजा आजामा दैलेख प्रहरी प्रमुख डिएसपी केदार रजौरे, समसुर गुल्मका गुल्मपती लगायतका सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहभागी थिए । स्थानीयबासीहरुको बाक्लो उपस्थिति रहेको थियो । फूलपाती स्वरूप केरा, दाडिम, धान, हलेदो, मानवृक्ष, कवि, बेल, अशोक र जयन्ती नाम गरिएका नवपत्रलाई पूजा गरी दुर्गापूजा गरेको स्थानमा भि¥याउने चलन छ । नौ पातमा क्रमशः ब्रहृमायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आह्वान गरेर पूजा पनि गरिन्छ ।

प्रतिक्रिया