शेरबहादुर देउवा भारी मतान्तरसहित निर्वाचित
![शेरबहादुर देउवा भारी मतान्तरसहित निर्वाचित](https://snowberry.prixacdn.net/media/gallery_folder/Sher-Bahadur-Deuba_qPz4azDWy2_xevtrnqxhupxzmpucrlu1ll2li81ejbun9jvs9gw3s2nonotxshwwlxht5ow.jpg)
डडेल्धुरा : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारी मतान्तरसहित निर्वाचित भएका छन् । डडेल्धुराबाट निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाललाई करिब साढे १२ हजार मतान्तरसहित पराजित गर्दै देउवा निर्वाचित भएका हुन् ।
देउवाले २५ हजार ५३४ मत ल्याउँदा ढकालले १३ हजार ४२ मत प्राप्त गरे । नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले ७ हजार ५३५ मत ल्याए ।
प्रतिक्रिया