भक्तपुर २ मा महेशलाई हराउँदै दुर्लभ उदय
![भक्तपुर २ मा महेशलाई हराउँदै दुर्लभ उदय](https://snowberry.prixacdn.net/media/gallery_folder/durlav_PYKY55Ie4J_arpynvaeffpj5keslo4lnz2qcwi3wmjtredohhkj026s9pvabu2ch2cae9h8.jpg)
काठमाडौँ : भक्तपुर २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले विजयी भएका छन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले २३ हजार ५० मत पाए भने निकटतम प्रतिद्वन्द्वी महेश बस्नेतले २२ हजार २७३ मत पाए ।
नेमकिपाकी अनुराधा थापा मगरले ६ हजार ४१२, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ३८२८ र राप्रपाका मोहन केसीले २४५६ मत पाएका छन् ।
यो क्षेत्रमा ६३ हजार ८४२ मत खसेकोमा ६१ हजार ७९१ सदर भएको थियो । २ हजार ५१ मत भने बदर भयो ।
प्रतिक्रिया