आस्थाको दियो बल्यो अब कसी लागाउने बेला आयो
महेन्द्रकुमार कार्की
अस्तिसम्म हामी, म, तपाई हजुर नमस्कार गरेका नेता ज्युहरुमा जय नेपालका साथै लाल सलाम । दिन बदलियो चुनावको मत बदलियो जनताको भावना बदलियो तब त् आस्थाको दियो बल्यो । देश बदल्न साहस चाहिन्छ । गाउँको मुहार फेर्न आट चाहिन्छ । जतिबेला जनताको साथ पाईन्छ । समय खेर फाल्न पाईदैन । प्रजातन्त्र होस् लोकतान्तिक व्यवस्था होस् आचरण र विचारले नयाँ कामको श्रजना गर्न हो । नेताको आचारण सादगी र भ्रष्टाचार मुक्त सोच र विचार भएको हुनुपर्छ । अस्ति हामीले लामै फेहरिस्त जनतालाई दिएका छौ त्यहि देखेर त् जनताले हामीलाई आस्थाको दियो बाल्ने सलाई दिए । जुन सलाईको काटी बाल्यो भने अन्याय र अत्याचार मात्र नभएर गरिबी अशिक्षा र जनताको जीवन निर्वाह गर्न का लागि मदत गर्दछ । जनताले दिएको सलाईको काटी राम्रैसँग बाल्न सकियो भने त्यो पञ्चकोशीको ज्वाला जस्तै दन्किरहेको हुनेछ । तर त्यहि दियोले मोक्ष पुर्याउने छ भने यदि तपाईले दियो बाल्ने बेला कर्म पुरा गर्नुभएन भने जिताको दागबत्ती जस्तो हुनेछ ।
समय कालचक्र कसले चिनेको छ र ? तपाईले भने गरेको तपाईको एक भोटले देशको र जनताको भविष्य निर्धारण गर्नेछ भन्ने कुरालाई मनन् गरि तपाईले गरेको एक उचित निर्णयले अब जनताको भविस्य निर्धारण गर्न छ । ताकी तपाईलाई जनताले जीवनकाल भरि सम्झिरहुन र तपाईको राजनीतिक भविष्य स्वर्णिम अक्षरले शिलापत्रमा नभई जनताको मनमा लेखुन । आज हजारौले तपाईलाई अविर जात्रा गराउँदै छन् कर्म गतिलो गर्नुभएन भने भोली मलामी पाउनुहुने छैन । समाज रुपान्तरणमा जतिको तपाईको साथ् जनतालाई चाहिएको छ त्यतिकै साथ् सत्य र निष्ठाको चाहिएको छ । यो त् भयो आस्थाको बतिको कुरा ।
अब एकछिन कसी लगाउने कुरा गरौँ ।
जनताका घर जाउ वा नजाउ । तर समस्या परेको बेला जाउ । चुनाव जित्नु भन्दा अघि जाउ वा पछी तुरुन्तै माला खादा लगाउन जाउ । त्यो संस्कार वा समान हो किनकि जसले देशको शासन गर्न थलो मा भोको पेट र असहज शारीरिक अबस्थामा मतदान गरेका छन् ।
सुत्केरी होस वा गर्भवती दिदीबहिनी वा जेष्ठ नागरिक हुन् वा अपांग दाजुभाई वा दिदीबहिनी सबैले आज असहज बाटो असहज स्वास्थ्यका बाबजुत मतदान गरेका छन । चाहे तिमीले पैसा दिएर कसैलाई आफुलाई मतदान गर्न लगायौ सब थोक अब काम गर्न र जनताको मन जित्ने बेला आएको छ । आरने दाईको आरन । लुगा सिलाउने दाईको कल । माटोको भाडा बनाउने दाईको माटोको भट्टी । सुनार दाईको सुन पसल । राडी पाखी बनाउने दाईको तान्न । किसानको फलफुल र तरकारी बारी । यी सबैलाई आधुनिकीकरण गर्न काम अब तिम्रो काधमा आएको छ । शिक्षाको गुणस्तर सुधार र राम्रो एम्बुलेन्स जाने बाटो र सबै उपचार पाउन सक्ने अस्पताको निर्माण गर्नु । सडक पेटी र सार्वजानिक सौचालयको निर्माण गर्नु । तरकारी दुध संकलन केन्द्र स्थापना गर्नु र जनतालाई मोटर साईकल किने होईन भैसी र गाई किने ऋणको व्यवस्था गर्नु । चिस्यासन केन्द्र बनाई समय अनुसारको फलफुल तरकारी जम्मा गर्नु । सार्वजानिक पुस्तकालय र संचार सुचना केन्द्र खोल्नु र जनतालाई सुचना दिई रहनु । समय यस्तो बलवान छ की ? गएको पतो नै पाईने छैन ।
घुसखोरी नाफाखोरी र भ्रष्टाचार गर्न कार्यकर्ता कै कुरा सुनेर योजना विहिन गन्तब्य बनाएमा ईतिहास ले फेरी जुठ्यान मा मिल्काई दिनेछ । समाज रुपान्तरण गर्न का लागी पहिला आफु रुपान्तरित भएर असल कामको सुरुवात गर्नु । बाकी आफ्नो आफ्नो पार्टीको घोषणा पत्र कार्यान्वन गर्न ध्यानाकर्षण गर्नु र आफुले बाकेको र रुखको पात झैँ झरेको प्रतिबद्धता पत्र कार्यान्वन मा ध्यान दिनु आगामी वर्ष हामीले काम भएका र अनुशासनले भरिपूर्ण क्षेत्र र प्रदेश हुदै देश देख्न पाउने छौँ । किनकि एउटा प्रजातान्त्रिक आशाको दियो सल्किएको छ । तेल थप्नु निभ्न नदिनु ।
लेखक सामाजिक लोकतन्त्र अध्ययन केन्द्र कर्णाली प्रदेशका महासचिव हुन् ।
प्रतिक्रिया