एकीकृत समाजवादीद्धरा सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय
![एकीकृत समाजवादीद्धरा सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय](https://snowberry.prixacdn.net/media/gallery_folder/madhav-nepal_0p3iSfx0v7_qqnzkx3lfcs2ejfub0piwe7fdiuj4qvtkohfvzesvnym4u3wmuh5uzrcu9gs.jpg)
काठमाडौँ : नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । चुनावी परिणामबारे छलफल गर्न मंगलबार बसेको सचिवालयको बैठकले गठबन्धनलाई कायम राखेर जाने निर्णय गरेको हो ।
एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले गठबन्धनको भावनाबाट अगाडि बढ्ने निष्कर्ष निकालिएको बताए । उनले भने, ‘ गठबन्धनलाई निरन्तरता दिनुपर्छ । गठबन्धनले निरन्तरता प्राप्त पनि गर्छ । गठबन्धनको बहुमत पनि पुग्छ ।’
मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई चित्त बुझाउनको विकल्प नभएको बताए । उनले भने, ‘अपेक्षाकृत परिणाम आएन । चुनाव परिणाममा चित्त बुझाउनुपर्छ । अरु कुरामा समीक्षा गरेर अगाडि बढ्ने निर्णय भएको छ ।’
प्रतिक्रिया