प्रचण्ड र खाणसँग जनमत पार्टीका सिके राउतको भेट भेटवार्ता

प्रचण्ड र खाणसँग जनमत पार्टीका सिके राउतको भेट भेटवार्ता

काठमाण्डौ :  जनमत पार्टीका अध्यक्ष सिके राउतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाणसँग भेटवार्ता गरेका छन् ।

राउतले हिजो बेलुका प्रचण्ड र खाणसँग छुट्टाछुट्टै भेट गरेका हुन् हो । त्यसअघि उनले प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेसका नेताहरुसँग भेटेर सत्ता गठबन्धनमा सहभागी हुने आशय व्यक्त गरेका थिए । प्रचण्डलाई भेट्न राउत उनकै निवास ललितपुरको खुमलटार पुगेका थिए ।

खाणसँग पुल्चोकमा रहेको सरकारी निवासमा भएको भेटमा समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । प्रतिनिधि सभा सदस्यमा डा. राउतले सप्तरी क्षेत्र नं २ बाट ३५ हजार ४२ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

प्रतिक्रिया