चुनावमा अपेक्षाकृत नतिजा नआएको सत्ता गठबन्धनको निष्कर्ष

चुनावमा अपेक्षाकृत नतिजा नआएको सत्ता गठबन्धनको निष्कर्ष

काठमाडौ : मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा अपेक्षाकृत नतिजा नआएको सत्ता गठबन्धनले निष्कर्ष निकालेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले अपेक्षाकृत नतिजा नआएको निष्कर्ष निकालेको हो ।

प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम घोषणा हुँदा र समानुपातिक मतको ट्रेन्ड हेर्दा गठबन्धनको पक्षमा उत्साहजनक मत नआएको गठबन्धनको निष्कर्ष छ ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाश शरण महत, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, माओवादीका अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपाल लगायत सहभागी थिए। बैठकमा लोसपालाई बोलाइएको थिएन । जनमोर्चाबाट भने दुर्गा पौडल सहभागी रहेकी थिइन् ।

प्रतिक्रिया