स्थानीय तहबारे व्यापक छलफल

स्थानीय तहबारे व्यापक छलफल

दैलेख, कात्तिक १० । स्थानीय तह सम्बन्धी संवैधानिक व्यवस्था र आगामी संरचनाबारे बुधबार दैलेखमा एक गोष्ठीको आयोजना गरिएको छ । नयाँ संविधानमा स्थानीय तहको भूमिका, अधिकार र गठनबारे गरेका व्यवस्थाबारे गोष्ठीमा व्यापक छलफल भएको छ ।

जिविस महासंघ, नगरपालिका संघ र गाविस महासंघको सँयुक्त आयोजनामा भएको गोष्ठीमा स्थानीय तह पुनःसंरचना आयोगका सदस्य निरज शाहले तीन तहका सरकारबारे संवैधानिक व्यवस्थाका विषयमा प्रकाश पारेका थिए । उनले संघीय, प्रादेशिक र स्थानीय सरकार रहने व्यवस्था संविधानले गरेको भन्दै स्थानीय सरकारलाई पनि महत्वपूर्ण अधिकार दिइएको बताए । उनले नगरपालिका वा गाउँपालिका नै स्थानीय सरकार भएको भन्दै उनले यस्त इकाई थोरै बनाउनुपर्ने आयोगका धारणा भए पनि सरकार, दल र आयोगबीच भएको सहमतिअनुसार हालका इलाकालाई आधार मानेर स्थानीय इकाई बनाउने मापदण्ड बनाइएको बताए । उनले अधिकारको विकेन्द्रीकरण गाउँ सम्म हुने भएकाले सरकारी सेवा सुविधान गाउँमै पुग्ने बताए । उनले हालका गाविस केन्द्रमा वडाका केन्द्र रहने भन्दै गाविसभन्दा नयाँ बन्ने वडामा धेरै अधिकार हुने बताए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारीलगायतले मनतव्य राखेका थिए ।

प्रतिक्रिया