बढ्यो बालकोटमा भिडभाड, लामिछानेदेखि प्रचण्डसम्मसम्म
![बढ्यो बालकोटमा भिडभाड, लामिछानेदेखि प्रचण्डसम्मसम्म](https://snowberry.prixacdn.net/media/gallery_folder/all_dPXXowzF8O_qegsala8mm70t6p8yxb0nagw7preorryfjtrofn8klh6yliplzzuv56twfoy.jpg)
काठमाडौ : सत्ता गठबन्धन भाँडिएसँगै नयाँ सरकार बनाउन अंकगणित पुर्याउन एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा भीडभाड बढेको छ ।
सत्ता गठबन्धनको बैठकबाट बाहिरिएसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालकोट पुगेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जसपाका संघीय परिषद् अध्यक्ष अशोक राई, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन ओलीसँग छलफलका लागि पुगेका हुन् ।
उनीहरुबीच बालकोटमा दुई पक्षीय तथा बहुपक्षीय बैठक हुने बताइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमामा गठबन्धनले बहुमत पुर्याउन प्रयास गरेपनि पहिला को प्रधानमन्त्री बन्ने भन्नेबारे कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सहमति नभएपछि गठबन्धन भाँडिएको हो । त्यसको विकल्पमा सरकार बनाउन बालकोटमा छलफल थालिएको हो ।
प्रतिक्रिया