यो कार्यकालमा भाषणभन्दा बढी काम गर्छु : प्रधानमन्त्री

यो कार्यकालमा भाषणभन्दा बढी काम गर्छु : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रधानमन्त्रीको यो कार्यकालमा भाषणभन्दा बढी काम गर्ने सोच रहेको बताएका छन् ।

चितवनको नारायणी नमुना विद्यालयको हिरक महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्। ‘ यो कार्यकाल म भाषण कम, काम धेरै जनताको सेवा धेरै गरेर प्रस्तुत हुने प्रतीक्षा गरेको छु,’ प्रचण्डले सम्बोधनको क्रममा भने ।

कुनैपनि राष्ट्र वा समाजको सभ्यता र संस्कृतिको आधारशिला भनेको शिक्षा नै भएको अथ्र्याउँदै उनले विकासलाई दिगोरुपमा अघि बढाउन लागि पर्ने बताए ।

‘हामी एउटा विशिष्ट परिस्थितिबाट अघि बढ्दैछौं। यो पटक मैले देशको पक्षमा, जनताको पक्षमा, सुशासन र विकासको पक्षमा काम गर्दै जाने र नेपाली जनताको आवश्यक्तालाई सम्बोधन गर्दै जाने प्रतिवद्धता लिएको छु,’ प्रचण्डले भने, ‘मैले बाँकी जीवन यसैका लागि समर्पित गर्ने भनेको छु ।’

प्रतिक्रिया