जानी राखौं १ सय नेपाली रुपैयाँले विश्वका यी देशमा के के किन्न सकिन्छ ?
डलर, युरो र पाउण्ड स्र्टर्लिङको विनिमय दरको बारेमा बजारमा चर्चा भइरहन्छ । अहिले तपाईँले १ अमेरिकन डलर अर्थात् करिब १ सय नेपाली रुपैयाँ लिएर संसारका विभिन्न देश पुग्नुभयो भने तपार्इँले के–के किन्न सक्नुहुन्छ ? फोरतोलोलो डटकम डट रसका अनुसार १ अमेरिकी डलरले विश्वका विभिन्न देशमा यस्ता कुराहरू किन्न पाइन्छ :
१. मेक्सिमोमा १ डलरमा करिब ४ दर्जन केरा किन्न पाइन्छ ।
२. अस्ट्रेलियामा १ डलरमा मोबाइलमा १ मिनेट कुरा गर्न मिल्छ ।
३. अफ्रिकन मुलुक जिम्बाब्वेमा १ डलरमा लुगा कपडादेखि टन्न खाना खाना खान पुग्छ ।
४. क्यानडामा एक डलरमा एउटा अर्गानिक स्याउ किन्न पाइन्छ ।
५. हाइटीमा १ डलरमा ४ वटा भातका परिकार खान पाइन्छ ।
६. बेल्जियममा १ डलरमा चुइगमको सानो प्याकेट पाइन्छ ।
७. ग्रिनल्याण्डमा १ डलरमा १ लिटर पेट्रोल पाइन्छ ।
८. भेनेजुएलामा १ डलर तिर्दा कारमा आधा ट्याङ्की अथवा कहिलेकाँही पुरा ट्याङ्की पेट्रोल पाइन्छ ।
९. साउदी अरबमा १ डलरमा १ माइल ट्याक्सी चढ्न मिल्छ ।
१०. होन्डुरसमा शहरभरी गाडीमा घुम्न पाइन्छ एक डलर तिरे ।
११. इटालीको गान्जी शहरमा १ डलरमा एउटा घर एक दिनका लागि भाडामा लिन सकिन्छ ।
१२. डेनमार्कमा एक डलरमा किन्डर म्याक्सी चक्लेट किन्न सकिन्छ ।
१३. जोर्डनमा १ डलरले पेप्सी, चकलेट र आलुचिप्स किन्न पुग्छ ।
१४. इन्डोनेसियामा १ डलरमा बेलुकाको खाना खान पाइन्छ ।
१५. चाइनमा १ डलर तिरे धारोबाट एक पिन्ट बियर किन्न पाइन्छ ।
१६. चेज रिपब्लिकमा १ डलरमा ३ बोतल बियर किन्न सकिन्छ ।
१७. इजिप्टमा १ डलरमा ६ वटा फलाफल नामको स्यान्डविच खान पाइन्छ ।
१८. पोर्चुगलमा बल्लतल्ल सानो साइजको कफी खान सकिनेछ एक डलरमा ।
१९. स्विजरल्याण्डमा १ डलरमा विश्वप्रसिद्ध स्विज चिजको एउटा मसिनो टुक्रो खान मिल्छ ।
२०. थाइल्याण्डमा १ डलरम हरियो थाइकरी र भात खान पाइन्छ ।
२१. आइरल्याण्डमा एक डलरमा एक प्याकेट आलु चिप्स किन्न सकिन्छ ।
२२. नेपालमा १ डलरमा मःम खान सकिन्छ ।
२३. भारतमा १ डलरमा टन्न समोसा तरकारी खान पाइन्छ ।
२४. पाकिस्तानका कहीँ शहरमा १ डलरमा तरकारी र दालभात टन्न खान पाइन्छ ।
२५. तर नर्वेमा १ डलरमा केही पनि किन्न सकिन्न ।
प्रतिक्रिया