सत्ता गठबन्धनको बैठक बस्दै
![सत्ता गठबन्धनको बैठक बस्दै](https://snowberry.prixacdn.net/media/gallery_folder/satta_mWAPOgjikg_spisrioilzbsrknmpiv1p0gmq52aff38qttrxpnktrm96y1lvycpqobpugfk.jpg)
काठमाडौँ : सत्ता गठबन्धनको बैठक आज बस्दैछ । आज बस्ने बैठकले यसअघि नियुक्त भएका मन्त्रीको मन्त्रालय र मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागवण्डा टुङ्गो लगाउने तयारी गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारको योजना बनाएका छन् । तर, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित गठबन्धन दलबीच मन्त्रालय भागवण्डा टुङ्गिएको छैन ।
प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुनेछ । प्रचण्डले बुधबार साँझ मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल गरेका थिए ।
प्रतिक्रिया