रावतकोट यात्रा स्मरण
दैलेख : बिहानको शिरशिरे बताससँगै यात्रा रावतकोटतर्फ मोडिन्छ । यताउतीेका डाडापाखाहरु खुलेका थिए । सदरमुकामबाट महाबु, भैरवी र दुल्लु लगायत चारैतिर हेर्दा निकै मनमोहक दृश्य देखिन्थे । ति दृश्य हेर्दा मन बहकाउथ्यो । मनमा अनेक शब्दहरु उब्जिन्थे । दुरी छोटो थियो तर मनको बहको उडानको के सिमा हुँदो हो । यात्रा रावतकोट पुग्यो । मष्टाथानमा जनप्रतिनिधि,पार्टिनेता कार्यकर्ता,स्थानियहरु प्रतिक्षा गरेर बस्नुभएको थियो । दिनको समय घर्कीरहेको थियो । म त्यस कार्यक्रम धेरैबेर बसिन । कान्तिपुर कर्मी दाजु चक्र भण्डारी संग भेट भयो । केहि बेरकार्यक्रम स्थलमै बस्यौँ तर, कार्यक्रम लम्विने जस्तो लागेपछि मस्टाथान सिमलको रुख नजिकै चिया पसलमा पुगेर चिया पिउने तरखर ग¥यौँ । पसल भित्र अधबैँसे पुरुष मान्छेहरु तास खेल्दै हुनुहुन्थ्यो । त्यही अगाडि शिक्षाको मन्दिर बिद्यालय थियो । जहाँ सयौँ बालवालिका पढ्न लेख्न र सिक्नको लागि आउथे । बिद्यालय अगाडिनै चिया पसलमा मनोरञ्जनको नाममा तास खेल्नु कदाचित राम्रो कार्य थिएन ।
त्यत्तिकैमा मैले भनिहाले यसो गर्नु भएन नी नजिकै विद्यालय छ । तपाईँहरुले विद्यालयको सामुन्ने तास खेल्ने ? तपाईका विद्यार्थी छोराछोरीका लागि पनि त विद्यालय अगाडि तास नखेल्नुस यस्तो नगर्दा हुन्थ्यो । यसले असल नागरिकको परिचय दिदैन । तर, मेरो कुराको परवा नगरि उहाँहरु रमाईलोको लागि मात्र हो भन्दै आफ्नो तास खेलाईलाई सामान्य हो भन्ने सोच्दै विद्यालय अगाडि तास खेल्दै हुनुहुन्थ्यो । मेरो कुराको वास्ता नगरी सामान्य सोच्दै उहाँहरु आफ्नो दलिल पेश गर्दै हुनुहुन्थ्यो । केहि समयमा चिया पनि आयो । अगाडि बिद्यार्थीहरु भूँईमा खेल्दै थिए । सडकको धुलोले बेलौती, आँप, र फुलका बिरुवा धुलाम्मे देखिन्थे । विद्यालयलाई घेरीएको काँडेतार खियालागेको छ । बालवालिकाहरु त्यसै तारमा खेलीरहेका देखिन्थे । अगाडि मध्यपहाडी राजमार्ग थियो । जहाँको धुलो माटोले नजिकका रुखविरुवा, चिया पसल र विद्यार्थीका टाउका सेतै देखिन्थे । गाडि तिब्रगतिमा हइकिरहेका देखिन्थे । बालवालिकाहरु राजमार्गबाटै हुलकाहुल यत्रतत्र कुद्दै थिए । त्यो दृश्य देखेपछि कान्तिपुरकर्मी चक्र भण्डारी दाइयको मनमा एउटा प्रश्न उब्जेछ । अनि चक्र दाइ भन्दैेहुनुहुन्थ्यो “यहि बिद्यालय हो जहाँ अहिलेसम्म कुनै पक्की संरचना बनेको छैन । अर्थात उपेक्षामा पारिएको बिद्यालय रहेछ ।”
यता हामी गफिदै थियौँ उता कार्यक्रम सकिएछ । दुइभाइ गफिदै थियौँ । प्रतिनिधिसभा सदस्य माननीय सिता कुमारी राना दिदि सहितको टोली आईपुग्यो । चक्रदाई मोटरसाइकलमा भएकाले अगाडि हिड्नु भयो । र म पछि गाडि चडेर दैलेख सदरमुकामतिर लाग्यौँ । यसरी बिहान ७ बजेबाट सुरु भएको यात्राले साँझको ५ बजिसकेको थियो । छोटो दिन भएकाले पनि दिन कटेको पत्तो नपाई घर फर्कदा रात पर्ने लागेको थियो । गाडी चालकले गाडि आफ्नै गतिमा हुइकाइरहेका थिए अनि मनका भावना आफ्नै गतिमा कुदिरह्यो । मन बहकिरह्यो….. ।
पहिला एक समय थियो । राजनीति जस्ले पाए त्यसैले गर्ने होईन । नेता बन्न त चादोमा लेखेर ल्याउनु पर्छ । नेता भनेको पुरुषनै हुनुपर्छ । बोल्ने भनेको पुरुषले मात्र हो । मन्त्री पनि पुरुषनै हुन्छन् । तर, अव समय बदलिएको छ । देशमा लोकतान्त्रीक गणतन्त्र आएको छ । एकात्मक राज्य व्यवस्थाको अन्त्य गर्दे संघात्मक राज्य प्रणालीमा देश बामे सर्दै छ । एकाघ आरोह अवरोहहरु व्यवस्थाले व्यहोर्ला तर बिस्तारै तंग्रिने दिन पनि पक्कै आउने छ । स्थानिय तह,प्रदेश र संघिय सरकारमा महिलाहरु बिस्तारै नेतृत्वमा पुग्दैछन । सभामुख,प्रधान न्यायधिस देखि राष्ट्रपति सम्ममा महिलाहरु पुगिकेकाका छन । अझै धेरै महिलाहरु नेतृत्वमा पुग्ने दिन पक्कै आउने छ । अव हजारौ बर्ष देखि पिंजडामा थुनेर राखेको मैना उड्ने दिन आएको भान हुदैछ ।
पखेटा काटेर हैन निर्वाध उड्ने दिन आएको छ । समय धेरै बदलिएको छ । गणतन्त्रले के दियो भन्नेहरुको लागि यो उपहार हो । प्रणालीले नगद हात्ताहात्ती केहि पनि दिदैन र उदारो पनि राख्दैन । यत्ति भनिरहदा एकात्मक प्रणाली बदल्न सशस्त्र युद्ध लड्नेहरु महान छन भनिन भने अन्याय हुन्छ । राम्रो अभ्यासको परिणाम पनि राम्रै हुन्छ । बल्ल छ छोरीचेलीबेटीहरुले अवसर पाएका छन ,पाउदै जानेछन,युगले भरपाई गर्नु पर्ने छ । सवै कुरा एकै पटक हुदैन । युगौदेखि वंश परिवार चलाउँदै आएको महिलाहरुले राज्य चलाउन नसक्ने भन्ने कुरै छैन । भैरवी गाउँपालिकाले त झनै ईतिहास बनाएको छ । आफ्नै पालिकामा ईतिहासमै पहिलो पटक महिलाको नेतृत्वमा स्थानीय सरकार बनाएको छ । साथै प्रतिनिधि सभाको माननिय समेत महिलानै पाएको छ । हेर्दा सामान्य लागेको भएपनि ईतिहासले यस्तो अवस्थाको लेखा पक्कै राख्ने छ । हतास हुनुपर्ने कुनै कारण छैन,उदास हुनुपर्ने कुनै कारण छैन,जानेको छैन भन्नुपर्ने कुनै अवस्था छैन, समय बलवान छ । समयले सवैलाई सिकाउँछ ।
जय होस ! मंगलमय होस !
प्रतिक्रिया