प्रचण्ड र ओलीबीच भेटवार्ता
काठमाडौँ : बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
बिहीबार उनीहरूबीच भेटवार्ता भएको हो । भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमसँगै राष्ट्रपति निर्वाचनलगायत विषयमा कुराकानी भएको बताइएको छ।
राष्ट्रपति निर्वाचन मिति निर्वाचन आयोगले तोकिसकेको छैन । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले फागुन २९ भित्रै राष्ट्रपति निर्वाचन गर्नुपर्ने बताइरहेको छ।
प्रतिक्रिया