पार्टी एकताका विषयमा महराले छुट्टै प्रतिवेदन पेस गर्ने
![पार्टी एकताका विषयमा महराले छुट्टै प्रतिवेदन पेस गर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/mahara22222_7Fkfzcza8n_los4hqlr6bojleeuys4xkrnzspzc24s1lpatwmrcajwhgeakbiedrlmmhbde.jpg)
काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं वार्ता टोलीका संयोजक कृष्णबहादुर महराले स्थायी कमिटी बैठकमा छुट्टै प्रतिवेदन पेस गर्ने भएका छन् । महराले पार्टी एकताका विषयमा विभिन्न शक्तिसँग भएको प्रगतिका विषयमा बैठकमा पेस गर्ने आमन्त्रित स्थायी समिति सदस्य पेशल खतिवडाले बताए ।
‘महरा जीले वार्ता टोलीको संयोजकको रूपमा बैठकमा छुट्टै प्रतिवेदन पेस गर्नु हुने छ । उहाँले अहिलेसम्म कुन कुन शक्तिसँग कति छलफल भयो रु अवस्था के छ भन्ने विषयमा प्रतिवेदन पेस गर्ने तयारी छ’ खतिवडाले भने । माओवादी स्थायी समिति बैठक बिहीबारदेखि बैठक चलिरहेको छ ।
माओवादी पदाधिकारी बैठकले गत पुस २३ गते महराको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो । जसको सदस्यमा महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, वर्षमान पुन र शक्तिबहादुर बस्नेत रहेका छन् ।
प्रतिक्रिया