माओवादी केन्द्रको दोस्रो दिनको स्थायी कमिटी बैठक सुरु
![माओवादी केन्द्रको दोस्रो दिनको स्थायी कमिटी बैठक सुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/m_NzZIUFVgcg_luhgitasdlgfba6mxkn5pnrvbjrcwgqvq6lecibq3dtcupnqdji5hg0j8de0.jpg)
काठमाडौँ : नेकपा माओवादी केन्द्रको दोस्रो दिनको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको माओवादीले जनाएको छ । आजको बैठकमा पछिल्लो राजनीतिक अवस्था, विभिन्न पार्टीहरुसँग भएको एकता प्रक्रिया, राष्ट्रपति उपराष्ट्रपतिको निर्वाचन लगायतमा छलफल हुने बुझिएको छ ।
बिहीबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाको जानकारी गराएका थिए । साथै बैठकमा उनले फेरिएको राजनीतिक समीकरण र राष्ट्रपति निर्वाचनबारे सुझाव दिन स्थायी कमिटी सदस्यहरुलाई आग्रह गरेका थिए ।
प्रतिक्रिया