रविलाई भौतिक पूर्वाधार मन्त्रालय लिन प्रधानमन्त्रीको प्रस्ताव

रविलाई भौतिक पूर्वाधार मन्त्रालय लिन प्रधानमन्त्रीको प्रस्ताव

 

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन प्रस्ताव गरेका छन् ।

शनिबार साँझ ६ बजे प्रधानमन्त्रीलाई भेट्न लामिछाने बालुवाटार पुगेका थिए। बालुवाटार भेटमा प्रचण्डले रविलाई सो प्रस्ताव गरेका हुन् । प्रधानमन्त्री प्रचण्डको सो प्रस्तावपछि अहिले पार्टी कार्यालय बसुन्धारामा रास्वपाको आकस्मिक बैठक जारी छ ।

गृह मन्त्रालय लिनका लागि २ दिनको समय दिएको रास्वपा अन्य मन्त्रालयको प्रस्ताव आएपछि के गर्ने भन्ने निर्णय लिनका लागि बैठक बसेको हो । आजै मात्र उच्चस्तरिय राजनीतिक संयन्त्रका सभापति समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डसँग छलफल गरेका थिए ।

रविलाई गृहमा पुर्नवहालि गर्नपर्ने ओलीले बताएका थिए । तर, प्रचण्डले भने अहिले सर्वोच्चको पूर्णपाठ नआएको र राहदानी विवाद समेत कायम रहेकाले गृह दिन नहुने बताएका थिए ।

प्रतिक्रिया