उमेश श्रेष्ठ निर्वाचन आयोग जाँदै
![उमेश श्रेष्ठ निर्वाचन आयोग जाँदै](https://snowberry.prixacdn.net/media/gallery_folder/ummesh_HTPvsn4RtJ_rjgfqmr6f6qos75dmhkjev49k3ujajb9mo3wuucwtrnqoqkvxvbvsusjdltb.jpg)
काठमाडौं : नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठ आफूलाई स्वतः विजयी घोषणा भएको माग गर्दै निर्वाचन आयोग जाने भएका छन् ।
बिहान साढे ११ बजे आयोगमा निवेदन दिने र दिउँसो २ बजे पत्रकार सम्मेलन मार्फत सोको जानकारी गराउने तयारी श्रेष्ठले गरेका छन् ।
चितवन २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका श्रेष्ठ रवि लामिछानेसँग भारी मतान्तरले पराजित भएका थिए गत निर्वाचनमा श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए । लामिछानेसँग उनको मतान्तर ३४ हजार ३१२ रहेको छ ।
नागरिकता विवादका कारण लामिछानेको सांसद पद गएपछि उनी स्वतः विजयी हुने बाटो खोज्दै आयोगमा निवेदन दिन लागेका हुन् ।
प्रतिक्रिया