कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षमा सत्ता पक्षलाई समर्थन गर्ने

कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षमा सत्ता पक्षलाई समर्थन गर्ने

 

काठमाडौँ : नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षमा सत्ता पक्षको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आइतबार बिहान बसेको कांग्रेस संसदीय समितिको बैठकले राष्ट्रिय सभा उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याललाई समर्थन गर्ने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

हिजो मात्र कांग्रेस सपभाति देउवाले विपक्षी दलका नेताहरूसँग पनि छलफल गरेका थिए। छलफलमा सहभागी नेपका (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले पनि माओवादी उम्मेदवारलाई सघाउँदा उपयुक्त हुने सुझाव दिएका थिए। सोही सुझावका आधारमा राष्ट्रिय सभाको उपाध्यक्षका उम्मेदवारी दिने निर्णय गरेको कांग्रेसले आज उम्मेदवारी नदिने निर्णय गरेको लेखकले बताए ।  राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि आज दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ। भोलि सोमबार निर्वाचन हुनेछ।

प्रतिक्रिया