कांग्रेसले अझै टुंग्याउन सकेन राज्यमन्त्री
४ मंसिर, काठमाडौं । सरकार गठन भएको सय दिन पूरा भइसक्दा पनि सरकारमा सहभागी प्रमुख दल नेपाली कांग्रेसले आफ्नो तर्फबाट सरकारमा पठाउने राज्यमन्त्रीहरुको नाम टुंगो लगाउन सकेको छैन ।
कांग्रेस सभापति शेरबहादुर देउवाले दशैअघि नै प्रधानमनत्री पुष्पकमल दाहाल प्रचण्डलाई राज्यमन्त्रीको नाम सिफरिस गर्ने बताए पनि पार्टीभित्रको आन्तरिक विवादले अझै नाम सिफरिस गर्न नसकेका आजको राजधानी दैनिकमा समाचार छ ।
कांग्रेसबाट कुल मन्त्रालयको ५० प्रतिशत अर्थात आठजना राज्यमन्त्री पाउने सहमति यसअघि नै भइसकेको छ ।
सहमतिअनुसारको नाम प्रधानमन्त्री प्रचण्डले मागे पनि आकांक्षी निकै धेरै भएपछि सभापति देउवालाई व्यवस्थापन गर्न कठिनाइ परेको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई कमतीमा चारजना राज्यमन्त्री पनेगरी मिलाउन सभापति देउवालाई दबाव दिइरहेका छन् । यस्तै अर्का नेता कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्काले पनि आफ्नो पक्षका दुई दुई जना पाउनुपर्ने माग गर्दै आएका छन् ।
तर, देउवा भने पौडेल पक्षलाई तीन र सिटौला र खड्कापक्षलाई एक एक स्थान दिने र आफ्ना पक्षका चार राज्यमन्त्री पठाउने योजनामा रहेको उनी निकट एक केन्द्रीय सदस्यले बताए ।
प्रतिक्रिया