उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक जारी

उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक जारी

काठमाडौँ :  सरकार सञ्चालनका लागि बनेको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक जारी छ । बैठक केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो ।

केही दिनअघि मात्र रवि लामिछाने नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाएको थियो भने सुदूरपश्चिममा सत्ता गठबन्धन समर्थनमा बनेको नेकपा एमाले नेतृत्वको सरकारले बिहीबार विश्वासको मत पाउन सकेन । यी विषयमा आजको बैठकमा छलफल हुनेछ ।

साथै बैठकमा राष्ट्रपति निर्वाचन र गठबन्धनमा देखिएको मतभेदका सन्दर्भमा पनि छलफल हुने बताइएको छ । निर्वाचन आयोगले फागुन २५ मा राष्ट्रपति निर्वाचन मिति तोकिसकेको छ ।

प्रतिक्रिया