विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बित

विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बित

काठमाडौँ :  पर्यटन मन्त्रालयले त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई निलम्बन गरेको छ । ठाकुरले थाइ स्माइल एयरलाइन्सका प्रतिनिधिसँग घुस मागेको अडियो मन्त्रालयमा पुगेपछि उनलाई निलम्बन गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गैरकानूनी लाभ लिने (घुस) उद्देश्यले गरेको कुराकानीको श्रव्य सामाग्री प्राप्त भएपछि छानबिनका लागि उनलाई निलम्बन गरिएको हो ।

उक्त विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुरोध गरी पठाइने मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया