विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा चयन
![विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा चयन](https://snowberry.prixacdn.net/media/gallery_folder/samikxya_baskota_ybA7SCnMWI_m4qa7m5hgufu48t2mxlhnehkmd7npihv1o6d7zn9ekk7s2jm33le5hx42vic.jpg)
काठमाडौं : विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा चयन भएकी छन् । शुक्रबारदेखि काठमाडौंमा आयोजित महाधिवेशनबाट अध्यक्षमा बास्कोटा चयन हुँदा महासचिवमा रन्जु दर्शनालाई चयन भएकी छन् ।
पहिलो महाधिवेशनबाट सर्वसम्मत पदाधिकारी चयन गरिएको उपाध्यक्ष प्रकाशचन्द्र परियारले जानकारी दिए । ८ पदाधिकारीलाई सर्वसम्मत चयन गरिएको उनले बताए ।
उपाध्यक्षमा प्रकाशचन्द्र परियार, विमला अधिकारी र मिलन पाण्डे चयन भएका छन् । सचिवमा पवित्रा थापा, विमल तामाङ चयन भएका छन् । कोषाध्यक्षमा दामोदर नेपाललाई चयन भएका छन् ।
पार्टीमा ६१ केन्द्रीय समिति सदस्य रहने र सदस्यलाई चुनावबाट छान्ने तयारी भइरहेको परियारले बताए ।
प्रतिक्रिया