एमाले अध्यक्ष ओली झापा जाँदै
![एमाले अध्यक्ष ओली झापा जाँदै](https://snowberry.prixacdn.net/media/gallery_folder/pm-kp-oli-_5CSdY6WHl0_okw8nsmyvs6bnlrqu2xsl3wim8fhosskoiafiompjxmbthcpgof7rqgvqosc.jpg)
झापा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा जाँदैछन् ।
झापाको गौरादह ५ खयरबारीबाट मोरङ जोड्ने पुलको उद्घाटन गर्न ओली आज झापा जान लागेका हुन् । ओलीले आज गौरादह ४ स्थित डोरमारी माविको नवनिर्मित भवनको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसी कार्कीले जानकारी दिए ।
अध्यक्ष ओली आज दमकस्थित आफ्नै निवासमा बस्ने र भोलि शिवसत्ताक्षी नगरपालिकाको झिलझिलेमा रहेको वाटर किङडम पार्कमा आयोजित कार्यक्रममा सहभागी हुने अध्यक्ष ओलीको सचिवालयले जनाएको छ । ओली भोलि काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया