राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्दै
![राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्दै](https://snowberry.prixacdn.net/media/gallery_folder/rspp_XtpfWZXWcp_4glpd2wgujlbmogbpzecggfs2dgnbixfx43hw0ebmdxlddiequ9wocooivom.jpg)
काठमाडौं : निर्वाचन आयोगले चितवन–२ मा उपनिर्वाचन गर्ने घोषणा गरे पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रिय समिति बैठक बोलाएको छ । आज अपरान्ह ३ बजे, बसुन्धारामा बस्ने बैठकमा सभापति रबि लामिछानेले राजनीनितक संयन्त्रमा भइरहेका छलफल तथा चितवन–२ मा हुने उपनिर्वाचनको उम्मेदारीका बारेमा छलफल गर्नेछन् ।
‘मुख्यतः पार्टीको जिम्मेवारी बाँडफाँडको बिषयमा छलफल हुनेछ, साथै समसामायिक राजनीतिक बिषयमा पनि छलफल हुनेछ’, केन्द्रीय सदस्य तथा सांसद मनिष झाले भने ।
हिजो बसेको सत्ता साझेदर दलसम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सभापति लामिछानेले चितवन–२ मा तत्काल उपनिर्वाचन गराउनु पर्ने माग गरेका थिए । लामिछानेको सो मागमा सकारात्मक भएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगसँग यसवारेमा छलफल गरेका जनाएका थिए । अपरान्ह निर्वाचन आयोगले १० बैशाखमा चितवन–२ मा उपनिर्वाचन गर्ने घोषणा गरेको थियो ।
प्रतिक्रिया