अनेरास्ववियुको निर्वाचन विद्युतीय मेसिनबाट हुने

अनेरास्ववियुको निर्वाचन विद्युतीय मेसिनबाट हुने

 

काठमाडौँ :  नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को निर्वाचन विद्युतीय मेसिनबाट हुने भएको छ । फागुन २ गतेबाट सुरु भएको महाधिवेशनमा सहमति नजुटेपछि आज मतदान हुन लागेको हो ।

यस पटकको अखिलको निर्वाचन विद्युतीय मेसिनको प्रयोग गरेर हुने बताइएको छ । बिहान ८ बजेबाट मतदान शुरु गर्ने भनिए पनि सबै सदस्यहरू नआइसकेकाले अझै केही समय लाग्ने बताइएको छ ।

अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल र उपाध्यक्ष मोती विकले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया