उपराष्ट्रपतिबारे निर्णय लिन एमाले सचिवालय बैठक बस्दै
![उपराष्ट्रपतिबारे निर्णय लिन एमाले सचिवालय बैठक बस्दै](https://snowberry.prixacdn.net/media/gallery_folder/uml1_DPvHoro0J8_llqs209yhwo7oqsypxpnaaukmnu6txihenefukxybudwbyrc6vkndbuqbeya.jpg)
काठमाडौँ : नेकपा (एमाले)को सचिवालय बैठक आज बस्ने भएको छ । आज बिहान साढे ९ बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बताए ।
उनका अनुसार बैठकमा समसामयिक राजनीतिक, उपराष्ट्रपति निर्वाचन विषयमा छलफल गरिनेछ । आजको बैठकले उपराष्ट्रपतिमा उम्मेदवारी दिने नदिने र दिने भए उम्मेदवार पनि तय गर्ने तयारी छ ।
आज उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ । यता सत्ता गठबन्धन पनि उम्मेदवार तय गर्न छलफलमा जुट्दै छ ।
प्रतिक्रिया