राष्ट्रपति पौडेलद्धारा नेपाली कांग्रेसको जिम्मेवारीबाट राजीनामा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको जिम्मेवारीबाट राजीनामा दिनुभएको छ । बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका पौडेलले आइतबार कांग्रेसको सबै पदबाट राजीनामा बुझाउनुभएको हो ।
पौडेलको राजीनामापत्र कांग्रेस नेता राजुराज जोशीले पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बुझाउनुभएको हो। कांग्रेसको वरिष्ठ नेताको जिम्मेवारीबाट पौडेलले राजीनामा बुझाएको कांग्रेस कार्यालयका सचिव प्रकाश शर्माले बताउँनुभयो ।
प्रतिक्रिया