तिमीले गणतन्त्र ल्यायौ म मुग्लान गए
तिमीले गणतन्त्र ल्यायौ म मुग्लान गए ।
तिम्रो काठमाडौं मा घर भयो ।
हाम्रो घर छानो भयो ।
तिम्रो छोराछोरी डाक्टर भए ।
गरीबका छोराछोरी अपांग भए ।
यति फरक त हो तिम्रो गणतन्त्रमा ।
तिमी २/४ जना सुरक्षा गाड लिएर गाडीमा हिड्छौ ।
हामी अझै २/३ गोली बोकेर ।
घर जग्गा बेचेर उपचार गर्न हिड्दैछौँ ।
वैशाखि टेकेर हिड्दैछौँ । तिमी संगै हिन्ने मेरो बाउ खै ? तिमि सिंहदरवार गयौ । घाँस काट्न गएका मेरो बाउ अझै फर्केर आएका छैनन । अझै १३ वर्षकोे उमेरमा मुग्लान लागेको मेरो दाइ अझै घर फर्केर आएको छैनन् । तिम्रो छोरा डाक्टर भएर आयो । त्यति फरक त रहेछ तिमिले ल्याएको गणतन्त्रको ।
पल्लो घरको अंकलले अझै वैशाखी पाएको छैनन् । तिम्रो झोला बोक्नेले अझै सयौँ योजना झोलामा बोकेर बजेट पास गरेका छन । हामी ढुङ्गा बोक्नेले ज्याला पाएका छैनौं । तिम्रो झोला बोक्नेले सहरमा घर बसायो यति फरक रहेछ । त्यती फरक त हो तिम्ले ल्याएको गणतन्त्रमा ।
तिमिलाइ सुन पुगेर आलिसान महलमा छौ अझै आराम पुगेको छैन ? मेरा बा त्यो खाटो बल्झिएको घाउमा एक हल गोरु अझै हकार्दै छन गाउँमा । यहि फरक त रहेछ तिमिले ल्याएको गणतन्त्रमा ।
गरीब झन गरीब हुदैछन धनी अझै धनी हुँदै छन । शिक्षित बिदेशिनु अनपढ गाउँमा रहनु । युवा बिदेशीनु बुढा बाउआमा र नाबालक बच्चा बाहेक गाउँ सुन्ने हुनु । र गरीब र धनी बिचको खाडल झन ठूलो हुनु त रहेछ ? तिमिले ल्याएको गणतन्त्रको बिशेषता ।
जिउँदो मान्छेलाई सहिद घोषणा गर्नु र निर्दाेष लाई दोषी बनाएर जेल देखाउनु जेल परेकाहरु जेल भित्रबाटै हराउनु पनि एक मुख्य बिशेषता रहेछ ।
तिमिले ल्याएकोे गणतन्त्रको काम देश ऋणमा डुबाएर । जन प्रतिनिधिको नाउमा तलब भत्ता गाडी घोडा र सुरक्षाकर्मी दिनु र गरीब लाई बाटो खाली गरेर पन्छाउनु त रहेछ । तिम्रो ल्याएको गणतन्त्रको एक बिशेषता ।
राज्यलाइ मनग्य कर तिर्न सक्ने क्षमतावान नागरिक कहिले बनाउने अनि त्यो उधमशिलतालाइ कहिले प्राथमिकतामा राख्ने अनि राज्यमा उद्योग कलकारखाना खोलेर नागरिकलाई रोजगार कहिले दिने के को निहुँमा भएका हुन हजारौँ सहिद, हजारौं अपहरण र लाखौ अपांग त्यही एउटा पदमा पुग्न यी सबै एक भ¥याङ्ग मात्रै थिय त (कमरेड) महोदय ।
कहिले पाउने जनताले त्यो अध्याँरो बस्तिमा बत्ती कि अझै त्यो बत्तिको लागि फेरि एक पटक बलिदान गर्न बाँकी छ ? छ भने त्यो समय कहिले आउँछ ? त्यो काकाकुल भएको बस्तिमा कहिले आउँछ पानीको धारा कि अझै बाँकी छ त्यो एक तिमिले बारम्बार उचारण गरि रहने जनयुद्ध ?
भन सरकार कति पटक म सहिद हुनुपर्छ ? त्यो धनिले सहजै शिक्षा पाउने, धनिले सहजै पाउने उपचार पाउन कति पटक मर्नु पर्छ सरकार ?, त्यो भोको पेटमा एक मुठी चामल पाउन कति पटक मर्नु पर्छ ? भन सरकार म त्यही तयारी गरेर बस्छु । यति फरक बनाउन त रहेछ तिमिले ल्याएको गणतन्त्र ।
भो अब हामी ऋण मागेर तलब खानु भन्दा । बेतलबी काम गर्ने,कम्युनिस्ट नेता जन्माउने बीउ रोपौँ ।
मलजल गरौँ सबै लागौँ यो बुद्ध जन्मेको माटो हो । यो सीता, भृकुटी जस्ता नारीले जन्म लिएको माटो हो । यहि माटोमा आवाज बिहिन निर्मला पन्त जस्ती नारीको जन्म भएको छ । अहिले न्याय पाउन पावर पहुँच चाहिने रहेछ । तिमिले ल्याएको गणतन्त्रमा ।
एक दिन कसो बीउ उम्रेर कसो नफक्रेला र ? महोदय नत्र तिम्रो गणतन्त्रले त एक दिन तिमिले ल्याएको सासनले देश बेचेर पनि रीन तिर्न सकिएन भने के गर्ने ?
एक दिन हामी नेपालीको, रगतको ब्यापारले पनि ऋण तिर्न सकिएन भने ? के गर्ने । अनि त्यो मदिरा ब्यापार त्यो देह ब्यापारको, नाममा निर्दोषलाई तिम्रो जालसाजी अदालतले दोषी बनाएर जेल राखेका समेत बेच्दा पनि ऋण तिरिएन भने के गछौ ?
महोदय अब कहिले सोच्ने ? कि अझै सोच्ने बेला भएको छैन र ?
प्रतिक्रिया