वैशाख दोस्रो हप्ताभित्र प्रधामन्त्रीको भारत भ्रमण हुन्छः मन्त्री शर्मा

वैशाख दोस्रो हप्ताभित्र प्रधामन्त्रीको भारत भ्रमण हुन्छः मन्त्री शर्मा

 

काठमाडौँ –  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण वैशाख दोस्रो साताभित्र भइसक्ने बताउनुभएको छ । बिहीवार भारतको दिल्लीमा आयोजित एक कार्यक्रमपछि नेपाली राजदूतावासमा प्रवासी नेपालीहरुसँगको भेटवार्ताका क्रममा कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री शर्माले प्रधानमन्त्री दाहालले पहिलो विदेश भ्रमण भारतबाट नै शुरु गर्ने र अप्रिल महिनासम्ममा भ्रमण भइसक्ने जानकारी आफूले भारत सरकारलाई दिएको बताउनुभयो ।
इन्टरनेशनल टेलिकम युनियनको क्षेत्रीय कार्यालय उद्घाटन कार्यक्रमका क्रममा प्राविधिक धेरै विषयवस्तुमा छलफल भएको बताउनुभयो । उहाँले भारत सरकारसँगको छलफलमा आफूले सुनौली नाका बाहेकका अन्य नाकाहरुमा पनि सहज आदानप्रदान हुनेगरी सञ्चालनमा ल्याउन आग्रह गरेको बताउनुभयो । उहाँले भारतबाट नेपालमा फोन गर्दा सहुलियत दिन र नेपालीहरुले सिम कार्ड निकाल्दा सहजता दिन प्रदान गर्न पनि भारत सरकारसँग आग्रह गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘उहाँहरुले प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर जिज्ञासा राख्नुभएको थियो, हामीले प्रधानमन्त्रीले सम्भवतः भारतभ्रमणबाट नै विदेश भ्रमण हुन्छ भनेका छौँ । सरकारले बिस्तार पाएपछि प्रधानमन्त्रीको भारत भ्रमण हुन्छ भनेका छौँ । अप्रिल महिनामा हुन्छ ।’

मन्त्री शर्माले भारतले नेपाललाई उदारताका साथ प्राविधिक विषयहरुमा सहयोग गर्न पनि आफूले आग्रह गरेको बताउनुभयो । भारत सरकार आफूले राखेका मागहरुमा सकारात्मक रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया