बागमती सरकारबाट बाहिरियो एमाले
![बागमती सरकारबाट बाहिरियो एमाले](https://snowberry.prixacdn.net/media/gallery_folder/umlll_BtMMRdYbPg_6wk5osmtdicuziqfas6e9tehbevv2t1ty9ugdcij69nz9ujnztbvclv3eurl.jpg)
काठमाडौँ – नेकपा एमाले बागमती प्रदेशबाट बाहिरिएको छ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमाले बाहिरिएको हो ।
एमालेका चार मन्त्रीहरुले सामूहिक रुपमा सरकारबाट बाहिरिने घोषणा गरे । शुक्रबार बसेको प्रदेश सभा बैठकमा प्रदेशका अर्थमन्त्री एवम् एमाले संसदीय दलका नेता जगन्नाथा थपलियाले एमालेका मन्त्रीहरु सरकारबाट बाहिरिएको घोषणा गरेका हुन् ।
प्रदेश सभा बैठकमा मुख्यमन्त्री जम्मकट्टेलले विश्वास मत लिने कार्यसूचीमै एमालेले पनि सरकारबाट बाहिरिने घोषणा गरेको हो । बागमतीमा प्रदेश सभामा २७ प्रदेश सभा सदस्य रहेका थिए। जसमध्ये ४ जना मन्त्री थिए ।
थपलियासहित एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री र केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकासमन्त्री थिए । थपलिया पुस २६ गते अर्थ मन्त्रीमा नियुक्त भएका थिए । बाँकी तीन मन्त्रीहरु माघ ११ गते नियुक्त भएका थिए ।
प्रतिक्रिया