अर्थ मन्त्रालयसहित उपसभापति खड्काको नेतृत्वमा कांग्रेस सरकारमा जाने

अर्थ मन्त्रालयसहित उपसभापति खड्काको नेतृत्वमा कांग्रेस सरकारमा जाने

 

काठमाडौँ – नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने भएको छ । शनिबार दिउँसो पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा यसबारे सैद्धान्तिक सहमति जुटेको हो ।

आइतबार (१२ चैत) सभापति, उपसभापति र महामन्त्रीको छुट्टै बैठक बसेर यसबारे औपचारिक निर्णय लिने तयारी भएको एक पदाधिकारीले बताउनुभयो ।

‘पूर्ण दाईको नेतृत्व सभापतिले पनि चाहनुभएको छ । आजको बैठकमा यसमा सैद्धान्तिक छलफल भयो । तर, नामको विषयमा कुरा भएको हैन । पदाधिकारी वरियताको आधारमा कुरा गर्दा उहाँ नै हो,’ ती पदाधिकारीले भने, ‘भोलि सभापति उपसभापति र महान्त्रीको छुट्टै बैठक हुन्छ। हामी संभवतः पर्सि कार्यसम्पादन बसेर औपचारिक निर्णय गर्छौं ।’

ती पदाधिकारीका अनुसार कांग्रेसले अर्थ मन्त्रालय जुनसुकै हालतमा पनि लिनेगरी तयारी अघि बढाएको छ ।
आजको बैठकमा खड्काले गठबन्धनभित्रका दलहरूले ७ वटामात्र मन्त्रालय दिने बताएपनि आफूहरुको दाबी ८ वटै मन्त्रालयमा रहने बताउनुभएको थियो ।

‘गठबन्धनभित्रबाट ७ वटा मन्त्रालय मात्र दिन सकिनेगरी कुरा आएको छ,’ बैठकमा खड्काले भनेको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘तर, हामीले ८ वटा नै मन्त्रालय चाहिन्छ भनेर दाबी गरेका छौं ।’

प्रतिक्रिया