मुख्यमन्त्री शर्माले दोस्रोपटक पाए विश्वासको मत

मुख्यमन्त्री शर्माले दोस्रोपटक पाए विश्वासको मत

सुर्खेत –  कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा ‘आर्ट’ले दोस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ । शुक्रबार प्रदेसभाको नवौँ बैठकबाट उनले विश्वासको मत प्राप्त गर्नुभएको हो । उनले नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसदको मत प्राप्त गर्नुभएको छ ।

मतदानमा सहभागी ३९ जना सांसदमध्ये मुख्यमन्त्री शर्माको पक्षमा ३८ मत परेको छ भने विपक्षमा १ मत मात्रै परेको छ । उहाँले राप्रपा बाहेक सबै दल र स्वतन्त्र सांसदको समेत मत प्राप्त गर्नुभएको हो ।
उहाँलाई माओवादीको १३, कांग्रेसको १४, एमालेको ९, समाजवादीको १ र एक जना स्वतन्त्र सांसदको मत प्राप्त भएको छ । यसअघि ६ माघमा एमाले, राप्रपासहितको विश्वासको मत प्राप्त गर्नुभएको थियो । यद्यपि राप्रपाले समर्थन फिर्ता लिएपनि दोस्रो पटक विश्वासको मत लिुभएको हो ।

प्रतिक्रिया