संसद भवनअगाडि एक पुरुषद्धारा आत्मदाहको प्रयास
काठमाडौँ – काठमाडौँको नयाँबानेश्वरस्थित संसद भवनअगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।
संसद भवनको एक नम्बर गेट अगाडि हेटौंडाका ५३ वर्षीय एक पुरुषले आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौँमा प्रवक्ता सिताराम रिजालले बताउनुभयो । उहाँका अनुसार उनले पेट्रोल खनाएर आगो लगाउन खोजेका थिए ।
उनलाई प्रहरीले बचाएर नियन्त्रणमा लिएको छ । पेट्रोल खन्याएर आत्मदहको प्रयास गरेको प्रहरीले तत्काल थाहा पाएपछि उनलाई बचाउन प्रहरी सफल भएको हो ।
आत्मदाहको प्रयास गर्नुको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया